मंसिर २६, सल्यान – बाबुराजा कम्प्युटर एण्ड इङ्गलिस ल्याङवेज इन्च्यिूट प्रा.लि.र स्थानीय युवाहरुको समन्वयमा मंसिर २५ अर्थात् हिजो देखि थारमारेमा बृहत् खेलकुद तथा साँस्कृतिक कार्यक्रमको सुरु भएको छ ।

सल्यान जिल्लाकै ठूलो धनराशि पुरस्कार रहेको खुला वडा स्तरीय भलिबल प्रतियोगिता हिजो देखि थारमारेको जनकल्याण नमुना मा.वि.को प्राङ्गणमा सुरु भएको छ । भलिबल प्रतियोगिताका लागि प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ६० हजार, तृतीय पुरस्कार ३० हजार रहेको छ भने जसको दर्ता शुल्क ८ हजार ५ सय रहेको छ।                                                                                                                                               हिजो भएको पहिलो खेल भलिबल तर्फ राेल्पाकाे गंगादेव गाउँपालिका ३ र बन्गाड कुपिण्डे नगरपालिका ११ बिच भएको थियो जसमा गंगादेव गाउँपालिकालाई पराजित गर्दै बन्गाड कुपिण्डे नगरपालिका ११ को टिमले जित हात पारेको थियो । त्यस्तै दोस्रो खेल बागचौर नगरपालिका ४ र दार्मा गाउँपालिका १ बिच भएको थियोे १ सेट बागचौर नगरपालिका ४ ले हात पारेको थियो भने अर्को सेट खेल्दा दार्मा को १५ थियोे भने बागचौरको ५ नम्बर रहेको थियोे रात परिस्केकोले यो खेललाई आज बिहान ८:०० बजेबाट पुन खेलाईने भएको छ ।
भलिबल खेल सकिए लगत्तै अन्य प्रतियोगिताहरु गराईने आयोजक टिमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार