मंसिर १८ बुटवल – अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस “हाम्रो प्राथमिकताको आधार ,अपाङ्गता भएका व्यक्तिहरुको अधिकार ” भन्ने नारा सहित नेत्रहिन युवा संघ रुपन्देहीले अपाङ्गता दिवसका सन्दर्भमा २ दिने कार्यक्रम सम्पन्न गरेको छ ।

मंसिर १७ गते सियारी गाउँपालिका बिरेन्द्र मा.बि छपिया र मंसिर १८ गते तिलोतमा नगरपालिका मणिग्राम शान्ति नमुना माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयमा रहेका वडाका अध्यक्षहरुलाई प्रमुख वक्ता बनाईएको कार्यक्रममा अपाङ्गता भएका व्यत्तिहरुको राजनैतिक नेतृत्व र सहभागिता विषयमा अन्तरक्रिया गर्नुका साथै चेस खेलको विषयमा सहजीकरण गरिएको थियो ।

नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले दृष्टिविहिनहरुले पढ्ने विद्यालयमा कार्यक्रम गरेर चेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यत्त गरेका छन।

अपाङ्गता भएका व्यत्तिहरुको निर्वाचनमा पहुँच परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले विभिन्न कार्यक्रम मध्ये अन्तरक्रिया कार्यक्रम गरिएको बताइन। विरेन्द्र मा .वि छपिया र शान्ती नमुना मा.वि मणिग्राममा गरि करिब ७० जना विभिन्न अपांगता भएका र सरोकार वालाहरुको सहभागिता रहेको थियो ।

नेत्रहिन युवा संघ रुपन्देहीको आयोजना ,युए स ए आइ डी , आइ एफ एस को सहयोग र नेत्रहिन युवा संघ नेपालको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार