मंसिर १८, सल्यान – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौर नगरपालिकाको दोस्रो सम्मेलन लामो समय लगाएर भए पनि कमिटी गठन सर्वसम्मत नै चयन भएको छ ।
जसको अध्यक्षमा शोभाराम भण्डारी, उपाध्यक्ष मोहन बुढाथोकी, रोमु शाही र कमल डाँगी, सचिव दिपक वली, सह-सचिव मदन बस्नेत र कोषाध्यक्षमा राधा वली शर्मा सहित ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत बनेको छ ।
लगातार एक हप्तासम्मको अथक प्रयास एवम् ठुलो जनवादी छलफलबाट एकताको सन्देश दिदै यो दोस्रो नगर सम्मेलन सर्वसम्मत नै टुङ्ग्याएको आयोजक कमिटी ईन्चार्ज टिकाराम वलीले बताएका छन ।
जनता सबैको चासो बागचौरमा नै भएको र सम्मेलनको लागि धेरै समय लाग्यो भनेर खुब चर्चा भैरहेको थियो समय लागाएको भन्दा पनि लामो छलफल गरेरै भएनि सर्वसम्मत नगर कमिटी चयन भएको कुरा नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी निवर्तमान अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका छन ।
यससँगै सल्यानका १० स्थानीय तहमा नै नेकपा माओवादी केन्द्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरि सम्मेलन सम्पन्न गरेको छ ।