मंसिर १५ काठमाडौ – दुर्लभ वन्यजन्तु चितुवाको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
काठमाडौ महानगरपालिका वडा न ९ एयरपोर्ट एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ चितुवाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मङगलबार काठमाण्डौ महानगपालिका वडा न ९ एयरपोर्ट नजिक एयरपोर्ट सेकुवा कर्नरबाट अन्दाजी २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको प्रतिबन्धित चितुवाको छाला सहित पक्राउ परेका हुन।
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा न २ घरभई हाल काठमाण्डौ गोकर्णश्वर नगरपालिका वडा न ३ बस्ने २८ वर्षिया बिशाल तामाङ, साेहि ठाउँका ३२ वर्षिया विनोद तामाङ र चितवन राप्ती नगरपालिका वडा न १ घर भई हाल काठमाण्डौ गोकर्णश्वर नगरपालिका वडा न ३ बस्ने ४२ वर्षिया कामी सिंह स्याङतान रहेकाे महानगरीय अपराध महाशाखाले जनाएको छ।
महानगरीय अपराध महाशाखाबाट खटीएको बिशेष अनुसन्धान टोलीले तीन जनालाई पक्राउ गरि उनिहरुबाट चितुवाको छाला एक थान र
विभिन्न ब्राण्डका मोवाईल तीन थान बरामद गरेकाे छ। थप आवश्यक कारबाहीको लागी जिल्ला वन कार्यालय काठमाण्डौ पठाईएको महाशाखाले बताएको छ।