मंसिर १४ दाङ – श्रीमानको हत्यामा संलग्न रहेकाे आराेपमा फरार रहेकी प्रतिवादी श्रीमती ७ वर्षपछि पक्राउ परेकि छन।

पक्राउ पर्नेमा मृतककी श्रीमती दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं.-१० भट्टे स्थायी घर भएकी ५० वर्षिया दिल कुमारी सेन रहेकि छन। गोप्य सूचनाको आधारमा मङगलबार महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौ महानगरपालिका १० बानेश्वरबाट पक्राउ गरेकाे महानगरीय अपराध महाशाखाले जनाएको छ।

गत २०७१/१२/०९ गते बिहान करिब ०६:०० बजेको समयमा काठमाडौ महानरपालिका-१०, धोवीखोला स्थित सिम्रिक पुल मुनि टाउकोमा चोट लागेको अवस्थामा अन्दाजी ४७/४८ वर्षको पुरूषकाे लाश फेला परेको र अनुसन्धानका क्रममा उक्त लाश दाङ तुलसीपुर नगरपालिका-१०,स्थायी घर काठमाडौ महानगरपालिका -१०, थापागाँउ बस्ने दाेर्ण बहादुर सेन रहेकाे खुलेकाे थियाे

उक्त घटना पछि अनुसन्धान गर्दा मृतक सेनलाई ईट्टाले टाउकोमा प्रहार गरी मारेर घटना पश्चात फरार रहेका मुख्य अभियुक्त रामेछाप गोकुलगंगा गाउँपालिका-४, काफ्लेटोल स्थायी घर भएका ५४ वर्षिय भिमे सार्कीलाई २०७७/११/०५ गते पक्राउ गरि काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएको थियाे। अदालतको आदेशले पुर्पक्षको लागी थुनामा रहेको थियाे। पक्राउ परेकि दिल कुमारी माथि थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वर पठाईएको महाशाखाले बताएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार