मंसिर १३ चितवन – एमालेको अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्।

यसअघि देखि नै आफुले अध्यक्षमा उम्मेदवार दिने र चुनावमा जान अध्यक्ष ओलीलाई चुनौती दिदै आएका थिए। तर ओली भने पुन:आफू अध्यक्षमै यथावत रहने रणनीति बनाउदै सर्वसम्मतमै बनाउन छलफलमा धेरै समय खर्चेका थिए। रावलले सर्वसम्मतकाे नाममा चलखेल र धाधली पुर्ण षड्यन्त्र भइरहेकाे अभिव्यक्ति दिदै आएका थिए।

उम्मेदवारी दर्ता गर्दै रावलले भने “पार्टीमा अहिले कुनै समूह छैन। हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठने अधिकार छ। मैले पनि लाेकतन्त्र प्रणालीमा आफ्नो अधिकार प्रयोग गरें।” जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरेका छन्। उनले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको र लाेकतन्त्र प्रणालीकाे अवलम्बन गर्दै आफुले एउटा नयाँ आयामकाे सुरुवात गरेकाे बताएका छन।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार