मंसिर १२ चितवन – नेपाल कम्युनिस्ट पार्टी एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा निर्वाचन अस्वीकार गरि पेलेर अघि बढन खाेजे पदाधिकारी र केन्द्रीय कमिटीको सूचीलाई अस्वीकार गरि बन्दसत्र बहिष्कार गर्ने बताएका छन।
शनिबारको बन्दसत्रमा सामान्य विरोधका बिच सूची तयार गर्ने बहुमत पाएका ओलीले आजकै बन्दसत्रमा त्यो प्रस्तुत गर्ने तयारीमा छन। सुचीकाे प्रिन्ट विष्णु पौडेलले गरेर ओलीलाई केही समय पछि बुझाउने तयारी गरेका छन।
यश अघिबाट नै अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आएका रावलले निरन्तर निर्वाचनको माग गर्दै आएका छन। आइतबार दिउसो आफू निकटका नेताहरुलाई ब्रिफिङ गर्दै छलफल गरेका रावलले ओली पक्षले आफ्नो मागकाे सुनुवाइ अर्थात लाेकतन्त्र प्रणालीमा पनि निर्वाचनको बेवास्ता गरेमा बन्दसत्र बहिष्कार गर्ने र बाहिर आएर तत्काल पत्रकार सम्मेलन गर्ने बताएका छन।