मंसिर ११, सल्यान – नेकपा (माओवादी केन्द्र) बागचौर नगर कमिटी दाेस्राे नगर सम्मेलन उद्घाटन समारोह सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य, कर्णाली प्रदेश सह-ईन्चार्ज, सल्यान जिल्ला संघिय सांसद माननीय टेक ब. बस्नेतले पानसमा बत्ती बालेर साथै ब्यानर पढेर कार्यक्रमकाे उद्घाटन गरेका हुन ।
कार्यक्रमको बोल्दै उनले बागचौरको नगर सम्मेलनको ऐतिहास रक्तमुक्ष रहेको बताएका छन । य‍ो सम्मेलनबाट एकताको सन्देश, ऐतिहासिक सम्मेलनको भाव दिनु पर्ने र आफुहरु जतियो बलियो हुदै गयो राजनीति पनि त्यति नै बलियो हुने कुरा उनले बताएका छन । नेतृत्व निर्माणसँगै कार्याकर्ता उत्पादन गर्ने एउटा महत्त्वपूर्ण स्थान बागचौर नगरपालिका नै रहेकोले यो सम्मेलनबाट धेरै महत्त्वपूर्ण नेतृत्वको थालनी गर्नका लागि बस्नेतले सम्मेलन सफलताको शुभकामना समेत दिएका छन ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य भीम प्रकाश शर्माले विगतबाट पाठ सिक्दै क्रान्तिकारी बाँकी अभिभारा पुरा गर्न सबै लागि पर्नु पर्ने बताएका छन् । जनयुद्ध र जनआन्दोलनको जगमा निर्माण भएको संविधान, संघीयता, धर्मनिरपेक्षताको संस्थागत विकास गर्न माओवादी नै बढी जिम्मेवार हुनु पर्ने साथै माओवादी केन्द्र कमजोर भयो भने देश नै दुर्घटनामा जान सक्ने भएकाले कुनै छुट नभएको बताएका छन । कार्यक्रमका सभाध्यक्ष नेकपा माओवादी केन्द्र बागचौर नगर अध्यक्ष एवम् बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले कार्यक्रमको समापन गर्दै यो सम्मेलनबाट नयाँ कार्यदिशा लिने एउटा नयाँ सन्देश दिने कमिटी बन्ने आफुले देखेको बताएका छन । नयाँ समाजवादी क्रान्ति गर्ने अभिभारा आफुहरुमा भएकाले पार्टीमा को कहाँ बस्ने भन्दा पनि कसले के गर्ने र पार्टी कस्तो बनाउने भन्ने विषयमा मनन गर्नु पर्ने समेत बताएका छन ।

कार्यक्रममा नेपाल कम्युनिषट पार्टी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्मा, ज्ञान ब.वली, नेकपा माओवादी केन्द्र गैर भौगोलिक प्रदेश कमिटी सदस्य रत्न ब. वली, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वली दर्शन तथा नेकपा एकीकृत समाजवादी बागचौर नगर सचिव डम्बर भण्डारी, नेकपा एमाले बागचौर नगर सचिव मोहन चन्द, नेपाली काङ्ग्रेस बागचौर नगर सभापति दिपेश डि.सी. लगायत अतिथिहरु साथै नेकपा माओवादी केन्द्रमा आवद्व सम्पुर्ण सदस्य, पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
बागचौर नगर उप-प्रमुख कल्पना पुनको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर कमिटी सचिव सेतिराम वलीले गरेका थिए । साथै बन्द सत्रको कार्यक्रम २०७८ मंसिर १२ गते अर्थात् भोलि बिहान १० बजे नै सुरु हुने आयोजक कमिटीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार