मंसिर ७, सल्यान – नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत साेमबार देशभर एकैसाथ जिल्ला कार्यसमितिकाे अधिवेशन गर्ने केन्द्रीय निर्णय अनुसार सल्यानमा पनि मतदान कार्य भएर मतगणना सम्पन्न भएको छ ।

नेपाली काँग्रेस सल्यानको सभापति पदका उम्मेदवारमा केश बहादुर बिष्ट र धुर्वराज पुरी प्रतिस्पर्धामा थिए । जसमा विष्टले ५ मतले पुरीलाई हराएका छन । अन्य पदका उमेदवारहरु भने सह- सचिव दुबै पुरी प्यानलबाट र अरुमा बराबर बिजय भएका छन ।
विष्ट प्यानलबाट बिजय हुनेहरु सभापति विष्ट सहित उप-सभापति सन्तोष के.सी.६२०, सचिव एकराज बुढाथोकी ५५९, रहेका छन भने पुरी प्यानलबाट बिजय हुनेहरु उप-सभापति चक्र देवकोटा ५९६, सचिव प्रकाश भण्डारी ७०३, सह-सचिव जनकराज गौतम ६३४ र पदम ब. बुढाथोकी ५७५ रहेका छन ।
यस्तै उमेदवारहरुको कसको कति मतको अन्तर रह्यो यो पनि
सभापति
केश बहादुर बिष्ट : ५१२
ध्रुब राज पुरी : ५०७

उप-सभापति
गोपाल बुढाथोकी : ५०६
चक्र बहादुर देवकोटा : ५९६
दिल्ली बहादुर बुढाथोकी : ५६२
सन्तोष के.सी : ६२०

सचिव
प्रकाश भण्डारी : ७०३
लोक राज आचार्य : ४९७
एक राज बुढाथोकी : ५५९
दिल्ली प्रसाद जैसी : ५३१

सह-सचिव
खिम बहादुर रावत : ५६९
जनक राज गौतम : ६३४
पदम बहादुर बुढाथोकी : ५७५
बुद्धि प्रकाश हमाल : ५६४

कुल मत १२८० मध्ये १२३५ मत खसेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार