मंसिर ५ राेल्पा – नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तर्गत रोल्पा जिल्लाको प्रदेश अधिवेशनमा प्रदेश ‘क’ बाट सभापति पदको लागि सिम बहादुर विष्ट र दुर्गा बहादुर खड्का चुनावी मैदानमा आएका छन।

प्रदेश सभा क्षेत्र `क´ बाट सभापतिका दाबेदार बिष्ट जिल्ला सभापति दाबेदार किशाेर आचार्य प्यानलका हुन भने खडका जिल्ला सभापति दाबेदार मान बहादुर खत्री प्यानलका हुन।

प्रदेश ‘ख’ बाट गोपाल घर्ति र दिलमान बुढाथोकी भिडदै छन। घर्ती जिल्ला सभापतिका दाबेदार किशाेर आचार्य प्यानलका हुन भने बुढाथोकी जिल्ला सभापति मान बहादुर खत्री प्यानलका हुन

आइतबार ८ बजेदेखि प्रदेश ‘क’ को सुनिलस्मृति गाउपालिका ४ स्थित धनलक्ष्मी किचन सुलिचौर र प्रदेश ‘ख’ को माडि गाउँपालिकाकाे सभाहल घर्तिगाउमा मतदान स्थलमा मतदान सुरु भइसकेको वर्तमान जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सभापति उम्मेदवार अमरसिंह पुनले बताए।

काँग्रेस केन्द्रीय निर्वाचन समितिकाे कार्य तालिका अनुसार प्रदेश सभा क्षेत्रीय निर्वाचन मंसिर ३ मा गर्ने निर्णय भएपनि उक्त दिन राेल्पाका विभिन्न ठाउँमा धार्मिक परम्परा अनुसारका पर्व परेकाले प्रतिनिधिहरु उपस्थिति हुन नसक्ने भन्दै जिल्ला समितिले मिति सारेकाे थियाे। साेहि अनुसार आइतबार सम्पन्न गर्न लागेकाे सभापति पुनले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार