कात्तिक २७ बुटवल – नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा दृष्टि बिहिन अपाङ्गता भएका नेतृत्व कर्ताहरुको निम्ति एक दिने राजनैतिक नेतृत्व र सहभागीता विषयक अभिमुखिकरण कार्यक्रम बुटवल उपमहानगरपालिका १२ तामनगरमा सम्पन्न भएको छ।

कार्यक्रममा नेत्रहीन युवा संघ रुपन्देहीको फिल्ड अधिकृत अस्मिता क्षेत्रीले लोकतन्त्र,नेपालको संघीय सरकारको संरचना , समावेशीकरण मतदानमा भाग लिनुको महत्त्व , मतदाता नामावली र नागरिक तथा राजनैतिक प्रक्रियामा सहभागीको आवश्यकताका साथै अपाङ्गता भएका व्यक्तिहरुको निम्ति राजनैतिक नेतृत्व र सहभागीताको निम्ति संवैधानिक कानुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुन,अपाङ्गता भएका व्यक्तिहरु अधिकार ऐन २०७४,निर्वाचन ऐन इत्यादि बारेमा अभिमुखिकरण गर्नु भएको थियो।

नेत्रहीन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा रुपन्देही नेत्रहीन संघका अध्यक्ष कृष्ण बहादुर जिसि प्रमुख अतिथी, नेपाल नेत्रहीन संघका केन्द्रिय सदस्य शिला घिमिरे विशेष अतिथि,नेत्रहीन युवा संघ रुपन्देही उपाध्यक्ष जीवन पोखरेल अतिथी लगाएतका रहनु भएको थियाे।

कार्यक्रममा प्रमुख अतिथी कृष्ण बहादुर जिसिले अपाङ्गता भएका युवाहरुको नेतृत्व विकास तथा राजनैतिक सहभागीताका लागि आफू र परिवारको पहिलो भुमिका रहेको बताउनु भएको थियो। उहाँले थप गर्दै भन्नू भयो “अपाङ्गता भएको व्यक्तिलाई राजनैतिक दलका जुनसुकै तहमा समावेश गर्नु पर्दछ। निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्दा र मतदाता परिचय पत्र मा अपाङ्गता खुलाउनु पर्दछ। मतदान स्थल,निर्वाचन सामाग्री अपाङ्गता मैत्री हुनुपर्दछ “जस्ता कुरा राख्नु भएको थियो।

२४ जनाकाे सहभागी रहेकाे उक्त अभिमुखिकरणकाे सहजिकरण संस्थाका सचिव ऋषिराम बिसिले गर्नुभएको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार