कात्तिक २२ सल्यान – रुकुम नुवाकोटबाट तुल्सीपुरको लागि छुटेको बा प्र-०१- ००६-ख २५९४ फोर्स गाडीको सिटमा सल्यानको बागचौर पुल्चोक नजिक एक व्यक्ति अचेत अवस्थामा फेला परेका छन ।

रुकुम नुवाकोट लिउरेबारीबाट बसाइँसराइ गरि दाङ तुल्सीपुर बेलुवामा बस्दै आएका अन्दाजी ५५ वर्षिय लाल बहादुर वली गाडीको सिटमै अचेत अवस्थामा फेला परेका हुन। वली पुर्खेउली घर रुकुम नुवाकोट लिउरेबारीमा तिहारको टीका लगाउन आएका थिए।

सिटमा नै अचेत अवस्थामा फेला परेका वली अल्सर रोगका बिरामी भएको र औषधि समेत सेवन गरिरहेको उनका आफन्तले बताएका छन । सल्यानको बागचौर पुल्चोक नजिक रोल्पाली पाखापानी शारदा होटलमा खाना खानेक्रममा यात्रुहरु सबै ओर्लिदा उनी सिटमा नै बसिरहेकोले बोलाउदा नबोले पछि थाहा पाएको उनका आफन्तले जानकारी दिएका छन ।

ईलाका प्रहरी कार्यालय थारमारेका अनुसार उक्त व्यक्ति दिर्घ बिरामी भएकोले मृत्यु भएको हुन सक्ने तर डाक्टरले पुष्टि नगरुन्जेसम्म मृत घोषणा गर्न नसकिने बताएका छन ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार