कार्तिक १६ सल्यान – बाह्रौं राष्ट्रिय जनगणना २०७८ को लागि ४ दिने गणक तालिम जनकल्याण नमुना मा.वि. थारमारेमा कार्तिक १३ गते देखि सुरु भई कार्तिक १६ गते समापन भएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले बाह्रौं राष्ट्रिय जनगणना २०७८ बाट महत्त्वपूर्ण एवम् समृद्ध नेपाल निर्माणको लागि भरपर्दो र विश्वसनीय तथ्यांक प्राप्त हुनेमा आफ्नो पुर्ण आशा र विश्वास रहेको बताएका छन । कार्तिक २५ देखि मंसिर ९ गतेसम्म गणकहरु मुख्य प्रश्नावली गणनाको लागि घरदैलोमा जाने कार्यतालिका रहेकोले आ- आफ्नो ठाउँ बाट सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, मुख्य प्रशिक्षक लगायत जनगणना अधिकारीहरु लाई सहयोग गर्न हुन अनुरोध गर्नुका साथै जनगणनाको क्रममा आवश्यक प्राविधिक सहयोग र समन्वयको लागि बागचौर नगरपालिका हरबखत तयार रहेको समेत बताएका छन ।

तालीममा बागचौर नगरपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाका ६८ जना गणकहरुको सहभागिता रहेको थियो भने उक्त तालिमको सहजीकरण मुख्य प्रशिक्षकहरु शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी., डा. पुर्ण बहादुर भण्डारी, चुडामणी के.सी., बिरेन्द्र प्रकाश डि.सी. र सुचना प्राविधिक अधिकृत तिर्थ राज डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार