कात्तिक १५ सल्यान – सचेत हौं, संगठित हौ, संघर्ष गरौ भन्ने मुल नाराका साथ राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल सल्यानको थारमारेमा आज बृहत् आमसभा सम्पन्न भएको छ ।
राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल सल्यानका अध्यक्ष खेमराज सुनारको अध्यक्षता र राष्ट्रिय दलितमुक्ति जागरण नेपालका संयोजक खकेन्द्र सुनारको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । दलित अधिकारकर्मी प्रेम नारायण वि.क. को स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खकेन्द्र सुनारले आफ्ना भनाईहरु राख्दै थारमारेमा भएको दलित मुक्तिका लागि यो एउटा गौरबको क्षण भएको बताएका छन । सामन्तीहरुले दलितहरुलाई हर ठाउँमा थिचोमिचो गर्दै आएकोले कुनै पनि विभेद नसहेर सबैले उठेर लड्नु पर्ने बताएका छन । अब दलित माथि विभेद गरेर गरिने जुनसुकै हिंसाको बदला लिन तयार भएको बताएका छन । दलितलाई एक ठाउँमा हैन हजार ठाउँ, कुना-कुनामा विभेद गरिएको कुरा अवगत गराउँदै एउटा कोरुम पुर्याउनलाई दिनभर बैठकमा बसेर हस्ताक्षरका लागि मात्रै राज्यले दिने गरेको वडासदस्य या त अन्य कुनै पद अबका लागि मान्ने नहुने बताएका छन । साथै दिनभर बहिनीलाई बल्तकार गरेको भिडियो हेरेर, दलित भएकै कारण विभिन्न आरोप लगाएर भाइ मारेको भिडियो हेरेर राति सिरानीमा मोबाईल राखेर सुत्ने हैन अब सिरानीमा बन्दुक राखेर सुत्नेबेला भएको कुरा समेत बताउँदै दलित मुक्तिका लागि देशैभरबाट हातेमालो गर्न सम्पुर्णलाई अनुरोध समेत गरेका छन ।
कार्यक्रममा बिचबिचमा मनोरञ्जनका लागि राष्ट्रियस्तरका कलाकार कुल बहादुर वली र जात व्यवस्था उन्मुलन मोर्चाका केन्द्रीय कमिटी सचिव एवम् साहित्यकार महाविर विश्वकर्माले आफ्ना मन्तव्य सँगै मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रमको समापन गर्दै दलित मुक्ति जागरण अभियन्ता नेपाल, सल्यान एवम् उक्त कार्यक्रमका संयोजक खेमराज सुनारले दलित मुक्तिका लागि जुनसुकै ठाउँमा आफ्नो ज्यानको बली समेत दिन तयार भएको बताएका छन । यो एउटा एतिहासीक कार्यक्रम भएको र यो सभालाई सफल पार्न गाउँ-गाउँ, बस्ती-बस्तीबाट उपस्थित हुने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा यहाँहरुको पुर्ण साथको अपेक्षा सहित आफू लगायत आफुजस्तै सिंगो युवा टिम दलित मुक्तिका लागि हरपल जुनसुकै ठाउँमा पनि आवाज उठाउन तयार हुने प्रतिवद्वता समेत गरेका छन ।
दलित पत्रकार संघ सल्यानका अध्यक्ष नोखिराम थापाले सहजीकरण गरेको कार्यक्रममा दलित मुक्ति जागरणका अभियन्ताहरु केशव नेपाली, जनक वि.क., क्षेत्र ब. वि.क, छवि परियार, टिकाराम वि.क, विकास नेपाली लगायत सम्पुरण दलित अधिकारकर्मीहरु, राजनीतिकर्मी, एवम् सम्पुर्ण दलित जनसमुदायको बृहत् उपस्थित रहेको थियो ।