कात्तिक १४ दाङ – कौडा खेलिरहेकाे अवस्थामा तुलसीपुरबाट नगद सहित ८ जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ।

तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित बिष्णु आचार्यको कोही नबस्ने खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय रोहित न्यौपाने लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । उक्त घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ९८ हजार २ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो।

पक्राउ परेका नेपाली काँग्रेस र एमाले निकटका नेताहरु भएकाे खुलेकाे छ। पक्राउकाठमाडौं परेका ८ जना मध्ये केही यसअघि पनि जुवा खेलेकै आराेपमा पक्राउ परिसकेका पुन: पक्राउ परेका हुन। पक्राउ परेका ८ जनालाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको दाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार