कात्तिक १४ काठमाडौ – बालिकालाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा एकजना पुरुष पक्राउ परेका छन।

४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर भिमदत्त नगरपालिका-१६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

त्यस्तै उता सिराहा अर्नामा गाउँपालिका-४ गौरीपुर बस्ने २२ वर्षीया महिलालाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने असोक यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

यादव लगायत ३ जनाले जग्गाको बिषयमा वादविवाद भई ती महिलालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते महिलाको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न हाल फरार २ जनाको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार