कात्तिक ६ सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा सामुदायिक वनमा बेवारिसे अवस्थामा छाडिएको बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

बन्द रहेकाे उक्त सामुदायिक वनमा घाँस काटनकाे लागि उपभोक्ता समितिले खुल्ला गरेपछि घाँस काटन गएका गुराँस गाउँपालिका ६ दैलेखका १४ वर्षीय नरेश नेपाली र २१ वर्षीया लिला परियार शनिबार बिहान घाइते भएका छन्। घाइतेहरुकाे अनुहारमा छर्रा धेरै लागेकाे हुदा वीरेन्द्रनर स्थित आँखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए।

नेपाली सेनाले केही समय पहिले कटकुवा क्षेत्रमा अस्थायी तालिम सञ्चालन गरेकाले सो क्रममा बम छुटेको हुनसक्ने भन्दै घटनाबारे थप अनुसन्धानका लागि सेनाको टोली घटनास्थल पठाइएको डीएसपी घर्तीले बताए।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार