असोज २२ राेल्पा – नेपाली काँग्रेस रुन्टीगढी गाउँपालिकाको आयोजनामा शुक्रवार रोल्पाको होलेरीमा आउदै गरेको विजयादशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा पुर्व सिचाई राज्यमन्त्री तथा नेपाली काँग्रेस रोल्पा जिल्ला सभापति अमर पुन रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा पुर्व सांसद लेखनाथ आर्चाय ,नेपाली काँग्रेस रोल्पा जिल्लाका पाटी उपसभापति किशोर कुमार आर्चाय रहनु भएको थियो। यस्तै अतिथीहरुमा नेपाली काँग्रेसका राप्ती अञ्चल समन्वय समितीका टेक बहादुर बस्नेत ,नेकपा एमाले रोल्पा जिल्लाका अध्यक्ष बालाराम बुढा, लगायत पार्टीका विभिन्न भातृसंघका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु पार्टीका आस्थावान कार्यकर्ताहरु र संचारकर्मीहरुको उपस्थितीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा आउदै गरेको विजयादशमी तथा दिपावलीको शुभकामना दिदै अतिथि समेत रहनुभएको नेकपा एमालेका रोल्पा जिल्लाका अध्यक्ष बालाराम बुढाले राजनिती गर्नुको मुलमर्म नै समाजसेवा अर्थात जनताको सेवा भएकोले स्वच्छ प्रतिस्पर्धाका रुपमा समाजसेवा गर्नको लागी सम्पुर्ण राजनितिक दलहरु एकताबद्ध रहन आवश्यक रहेकाे बताउनुभयो।
कार्यक्रममा आउदै गरेको विजयादशमी तथा दिपावलीको शुभकामना दिदै प्रमुख अतिथी समेत रहनु भएका पुर्व सिचाई राज्यमन्त्री तथा नेपाली काँग्रेसकन रोल्पा जिल्ला सभापति अमर पुनले नवनिर्मित रुन्टीगढी गाउँपालिकाका नेपाली काँग्रेसका पदाधिकारीहरुलाई कार्यकालको शुभकामना समेत दिनुभएको छ । असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा मनाईने विजयादशमी जस्तै नेपाली काँग्रेसका कार्यकर्ताहरुले पनि सही र सत्य कुरालाई जहिले पनि अनुसरण गर्दै जनताको सेवा गर्नको लागी आग्रह गर्नुभएको छ ।
नेपाली कांगेस रुन्टीगढी गाउँपालिकाका उपसभापति भुप बहादुर बोहराको स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रमको सहजीकरण पार्टीका रुन्टीगढी गाउँपालिकाका सचिव नारायण लामिछाने ले गर्नु भएको थियो ।