भदौ २८ काठमाडौ – सामाजिक संजाल फेसबुक, ईस्ट्राग्राममा आफ्नो प्रेमिकाकाे अश्लील फाेटाे तथा भिडियोहरु सार्वजनिक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाँउपालिका वडा नं. ८ घर भई हाल काठमाण्डौं टोखा धनेश्वर बस्ने २३ वर्षिय सुजन जिरेललाई काभ्रे पाँचखालमा लुकिछीपि बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रे संगकाे समन्वय गरी आइतबार पाँचखालबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो, भिडियोहरु प्रेमिकासंग विवाद गरे पश्चात प्रेमिकाकाे मोबाईल समेत जफत गरी फेसबुक,ईस्ट्राग्राममा अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गर्ने गरेका थिए। पक्राउ परेका जिरेललाई बिद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाइएको छ।