भदौ २३ धनुषा – जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा रङ्गेेेेहात घुस रकम सहित पक्राउ परेका छन्।
सेवाग्राहीसँग नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने प्रयोजनको लागि घुसबापतको आठ हजार रुपैयाँ लिंदै गरेको अवस्थामा नायब सुब्बा उमेश चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालय बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो।
उनलाई मंगलबार साँझ जनकपुरको क्याम्पस चोकस्थित एक होटेलबाट नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।