भदौ १८ सल्यान – जिल्ला अस्पताल सल्यानमा मुटुबाहिर पानी जमेको सफल शल्यक्रिया गरिएको छ। छत्रेश्वरी गाउँपालिका –७ की १८ वर्षीया किशोरी तिलसरा परियारको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

गत असार १४ गते शरीर सुन्निएर श्वास फेर्न गाह्रो भएपछि अस्पताल आएकी किशोरीकाे चेकजाँचको क्रममा (massive pericardial effusion) मुटुबाहिर पानी जमेको देखिएपछि शल्यक्रिया गर्नु परेकाेे अस्पताल स्रोतले बताएको छ। तर किशोरीकाे पारिवारिक अवस्था निकै विपन्न भएकाे बुझिएपछि र उनीमा क्षयरोग पनि रहेकाले अवस्था जाेखिम हुदा अस्पताल परिवारले नि:शुल्क शल्यक्रिया गर्ने निर्णय गरेर किशोरीलाई नयाँ जीवन दिएकाे हाे।

शल्यक्रिया गर्दा किशोरीकाे मुटु बाहिर जमेकाे १७ सय मिलिलिटर पानी निकालेकाे सल्यान अस्पताल सल्यानका मेडिकल अधिृकत डा. भीमकान्त जैसीले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार