भदौ २ माेरङ – मध्यरातमा मदिरा सेवन गरी अस्पतालमा छिरेर बिरामी जाँच गर्न खाेज्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
साेमबार राति विराटनगरस्थित कोशी अस्पतालको गाइनो वार्डमा बिरामीको स्वास्थ्य जाँच गर्न खाेज्ने विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो। मध्य राति अस्पताल आएर नक्कली डाक्टरको भेषमा अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको र आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई अस्पताल प्रशासनले पत्र पठाएकाे मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताए।
जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार बानियालाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरू गरेको प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।