श्रावण २५ जाजरकाेट – समाचारकाे नाममा समग्र पालिकाकाे मर्म विपरीत तथ्यहिन समाचार लेखेकाे प्रति शिवालय गाउँपालिकाकाे गम्भीर ध्यानाकर्षण आकर्षण भएकाे बताएको छ। श्रावण २३ गते सत्कार पोष्ट अनलाइनमा प्रकाशित समाचार प्रति आपत्ती जनाएको छ । आईतबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त अनलाइनमा प्रकाशित ‘राजनीतिक दम्भ, कर्मचारी र जनतामाथि दमन’ शीर्षकको समाचार प्रति आपत्ती जनाएको छ ।
समृद्ध शिवालय गाउँपालिका निर्माणको लागि र दैनिक प्रशासनिक सेवा प्रवाह प्रभावकारी बनाउन अहोरात्र खटिने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लगायत जनप्रतिनिधिहरुको मानमर्दन हुने गरी राजनीतिक पूर्वाग्रह र प्रतिशोध साँध्ने मनसायबाट प्रकाशित भएको समाचारले शिवालय गाउँपालिकाका जनप्रतिनिधिहरुलाई दुखित तुल्याउनुका साथै जनप्रतिनिधिहरु र कर्मचारीका बीचमा कायम भएको समधुर सम्बन्धलाई खलल पुर्याई कोही कसैको व्यक्तिगत र राजनीतिक स्वार्थ पुरा गर्ने उद्देश्यका साथ प्रकाशित उक्त समाचार प्रति शिवालय गाउँपालिका घोर आपत्ति प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ।
जनप्रतिनिधिहरुलाई विभिन्न आरोप लगाई प्रकाशित यस प्रकारको पूर्वाग्रहपूर्ण, तथ्यहिन र आधारहिन समाचारको तल उल्लेखित बुँदागत रुपमा सत्य तथ्यगत विवरण यसै विज्ञप्ति मार्फत सम्पुर्ण शिवालयबासी नागरिकहरुलाई जानकारी गराउन भएको छ ।
१) शिवालय गाउँपालिकामा करार कर्मचारी नियुक्ति गर्दा सबै आफ्नै पक्ष र नातागोतालाई नियुक्ति गरेको भन्ने झुठो र कपोकल्पित समाचार हो । यस गाउँपालिकामा कार्यरत कर्मचारीहरु लोक सेवा आयोगबाट सिफारिश भई आएका, विभिन्न कार्यालयबाट समायोजन भई आएका, साविक गाविसबाट समायोजन भई आएका छन । बाँकी केही प्राविधिक कर्मचारी र कार्यालय सहयोगीहरु शिवालय गाउँपालिका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम नियुक्ति गरिएको छ ।
२) वडा नं. ३ को वडा कार्यालयको लागि गत आ.व. २०७७।७८ मा प्रदेश सरकारबाट रु. २५ लाख विनियोजन भएको, वडा नं ५ र ६ को वडा कार्यालय निर्माणका लागि गत आ.व. २०७७।७८ मा रु. १५÷१५ लाख विनियोजन भएकोमा उक्त वडाको वडा भवन निर्माण गर्ने स्थानको सन्दर्भमा विवाद भएको कारण निर्माण हुन नसकेको व्यहोरा जानकारी गराउन चाहन्छु ।
३) शिवालय गाउँपालिकाको महत्वपुर्ण सडक छेडा कचाली सडक वडा नं. ६ को टुनीबजारसम्म सुचारु रहेको र अन्य वडाहरुमा जाने सडकहरु वर्षा कारण आंसिक रुपमा बन्द रहेका र तत्काल मर्मत गरी आवागमन सुचारु गरिनेछ ।
४) शिवालय गाउँपालिकामा घटेका कुनै पनि घटनाहरु अध्यक्ष र उपाध्यक्षले ढाकछोप गरेको अवस्था छैन । केही त्यस्ता घटना भएको हकमा न्यायिक समितिमा उजुरी तथा निवेदन पेश हुने र न्यायिक समितिले तोकिएको कार्यविधि बमोजिम न्यायिक फैसला तथा मिलापत्र गरी समाधान गर्ने गरेको छ ।
५) वडागत रुपमा बजेट विनियोजन हुँदा वडाको जनसंख्या, क्षेत्रफल तथा दुर्गमताको आधार मानि बजेट विनियोजन गरिएको छ । योजनाको कामको सन्दर्भमा प्राविधिक मूल्यांकनको आधारमा जहाँ जति कार्य भएको हुन्छ त्यतिनै भुक्तानि हुने गरेको छ । योजनाहरुको भुक्तानि गर्दा पालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन र वडा स्तरीय अनुगमन समितिको प्रतिवेदनका आधारमा भुक्तानि गर्ने परीपाटीको संस्थागत विकास गरिएको छ । गाउँ सभा तथा गाउँ कार्यपालिकाको बैठकको निर्णय विना कुनै पनि बजेट मनोमानि तरिकाले बाँडफाँड गरिएको छैन ।
६) उपभोक्ता समितिको गठन वडा अध्यक्षको रोहबरमा गर्नु पर्ने प्रावधान रहेकोले वडा कार्यालयबाट सिफारिश भई आएका उपभोक्ता समितिसंग सम्झौता गरी योजनाहरु कार्यान्वयन गरिएको छ ।
७) विद्यालयरुमा रिक्त रहेका करार शिक्षकहरुको पदपूर्ति शिक्षा ऐन नियमावली अनुसार नियुक्ति हुने गरेको र यसको नियमन शिवालय गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाबाट हुने गरेकोछ ।
८) ६ वटा आधारभूत स्वास्थ्य केन्द्रको लागि गत आ.व.मा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम पदपूर्ति गरिएको र गत वर्ष कोभिड संक्रमन उच्च रहेको हुँदा त्यसको नियन्त्रणको लागि थप स्वास्थ्यकर्मी आबश्यक भएको र पुन विज्ञापन गरी पदपूर्ति गर्दा विलम्ब हुने हुँदा सोही विज्ञापनको वैकल्पिक नं. १ मा रहेको उम्मेरदवारलाई नियुक्ति गरिएको हो ।
९) गत आ.व. मा कोरोना संक्रमन रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टाइन निर्मण तथा व्यवस्थापन, आइसोलेसन व्यवस्थापन र राहात सामग्री वितरणको लागि केही बजेट खर्च भएको र उक्त खर्चको लेखा परीक्षण समेत भई सकेको छ ।
१०) यस शिवालय गाउँपालिकाका विद्यालयहरुमा आवश्यक पर्ने डेस्क बेन्च तथा फर्निचर र विभिन्न स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुमा आवश्यक पर्ने औषधी तथा अन्य स्वास्थ्य सामग्रीहरु गाउँपालिका अध्यक्ष मार्फत खरिद नभई जिन्सी शाखा र स्वास्थ्य शाखाबाट खरिद भएको छ ।
११) स्थानीय तहहरुमा जनप्रतिनिधिहरुको भूमिका र कर्मचारीहरुको भूमिका प्रचलित ऐन, कानून र विभिन्न कार्यविधि निर्देशिकाहरुमा निर्धारण भएकै छ । सोही अनुरुप कर्मचारी र जनप्रतिनिधिहरु बीच समधुर र समन्वयात्मक सम्बन्ध कायम रहेको छ ।
१२) यस आ.व.मा स्वीकृत भएको योजना तथा कार्यक्रमहरु समय मै सम्पन्न गर्नको लागि र वडा वडामा प्रशासनिक सेवा सुचारु गर्न कर्मचारीहरुलाई समय मै कार्यालयमा हाजिर हुन शिवालय गाउँपालिकाका कर्मचारीहरुको आन्तरिक सूचना समूहमा निर्देशन गरिएको हो । तर उक्त निर्देशन कर्मचारी बाहेकको अन्य व्यक्तिलाई संप्रेषण भएको कुरा प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
१३) ना.प्रा.स. झुपलाल बुढाले प्रयोग गरेको मोटरसाइकल कृषि क्षेत्र विकास कार्यक्रम (ब्क्म्ए) को अनुदानमा खरिद भएको मोटरसाइकल कार्यालय प्रयोजन बाहेक अन्य व्यक्तिगत रुपमा प्रयोग भएको भनि प्रतिक्रिया आएको हुँदा कार्यालय प्रमुखबाट त्यस्तो निर्देशन आएको हो ।
१४) गाउँपालिका र वडा कार्यालयहरुलाई व्यवस्थापन गरिएका सवारी साधन सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीहरुले मात्र प्रयोग गरिेएको छ । यस गाउँपालिकाको नाममा रहेको भे १ ब १०८९ नम्बरको मोटरसाइकल अषाढको महिनामा योजना सुपरीवेक्षण तथा अन्तिम मूल्यांकनको लागि प्राविधिकहरुले फिल्डमा लिदा वडा नं. २ को पोखराभिड भन्ने स्थानमा बिग्रको र उक्त मोटरसाइकल केही अज्ञात व्यक्तिद्धारा तोडफोड गरिएको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
१५) वडा नं. ६ स्थित टुनी बडाखेत तटबन्धन योजना यस गाउँपालिकाको बजेट नभएर कर्णाली प्रदेश सरकार, खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय जाजरकोटबाट बजेट विनियोजन भएको हो । यसलाई कुनै पनि जनप्रतिनिधिद्धारा राजनीतकि उद्देश्य प्राप्तिका लागि बजेट विनियोजन भन्न मिल्दैन ।
१६) यस गाउँपालिकामा यस अगाडि सूचना अधिकारी ना.सु. श्री काली बहादुर रानालाई तोकिएको थियो । वहाँ २०७७ चैत्र मा सरुवा भएर गई सके पश्चात अधिकृत स्तरको कर्मचारी अधिकृत छैटौं श्री अनिल कुमार पाण्डे हुनुहुन्छ । उक्त अवधिमा तोकिएको प्रक्रिया बमोजिम कुनै कसैले सूचना माग निवेदन दिएको छैन ।

जनहितमा जारी सन्देश
१७) शिवालय गाउँपालिकाको संगठन संरचना, विषयगत शाखाहरु, कर्मचारीहरुको क्षमता, अनुभव, विषयगत दक्षता आदिलाई मध्येनजर गरी कर्मचारीहरुको कार्यविभाजन गरी च्ष्नजत mबल च्ष्नजत उबिअभ को आधारमा जिम्म्ेवारी तोकिएको छ । कार्य विभाजनमा कही कतै आग्रह र पूर्वाग्रह राखिएको छैन ।
माथि उल्लेखित सत्य तथ्य विषयहरु आ आफ्नो संचार माध्यमबाट संप्रेषण गरी शिवालयबासी नागरिकहरुलाई सुसूचित गरी समृद्ध गाउँपालिका निर्माणको अभियानमा सहयोग गरी दिनुहुन सम्पुर्ण संचारकर्मी साथीहरुलाई हार्दिक अपिल गर्दछु उहाँले भन्नु भएको छ ।
(नरेन्द्र कुमार शाही)
गाउँपालिका अध्यक्ष