जेठ २३ माेरङ – कारकाे ठक्करबाट एक पैदल यात्रीकाे ज्यान लिएको र अर्का एक जनालाई घाइते बनाएकाे प्रदेश सांसदका छोरा चारदिन पछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार पक्राउ पर्नेमा प्रदेश १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोबिन भनिने रविन कार्की रहेका छन। कार्कीले बिहीबार राति साढे सात बजे मदिरा सेवन गरी चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो। विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो। भने मोरङ कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए। कार्कीलाई आइतबार अपराह्न विराटनगरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिए।

पक्राउ परेका कार्कीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने प्रहरीको तयारी छ। कार्कीलाई सवारी ज्यान मुद्दामा कारबाही अघि बढाइने प्रहरी प्रवक्ता राईले बताए।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार