जेठ २२ रोल्पा – जबर्जस्ती करणी आराेेेेपमा गाउँपालिकामा  कार्यरत इन्जिनियर पक्राउ परेका छन।

जिल्ला प्रहरी कार्यालय राेल्पाका अनुसार पक्राउ पर्नेमा दाङ जिल्ला लमही स्थायी ठेगाना भई हाल रुन्टिगढि गाउँपालिका राेल्पामा कार्यरत ३६ वर्षिय शेषमणि पौडल रहेका छन। पौडेलले शुक्रबार एक १९ वर्षिय किशोरीमाथि जबर्जस्ती करणी गरेकाे आराेप लागेकाे छ। काेराेना पाेजेटिभ भई हाेेम आइसाेलेसनमा बसेकि ती किशोरी घर नजिकैकाे पँधेरीमा नुहाउदै गरेकाे समयमा इन्जिनियर पौडेल पानी भर्ने बाहानामा आएर आफ्ना संवेदनशील अंगमा हातपात गर्दै जबर्जस्ती करणीको प्रयास गरेकाे आराेप किशोरीले लगाएकि छिन।

जनहितमा जारी सन्देश

पिडित किशोरीकाे परिवारले लिखित रुपमा दिएकाे उजुरीको आधारमा पौडेललाई इलाका प्रहरी कार्यालय हाेलेरीले पक्राउ गरेकाेे हाे । पक्राउ परेका पौडेलमाथि जबर्जस्ती करणी विरुद्ध मुद्दा चलाइएकाे जिल्ला प्रहारी कार्यालय राेल्पाका प्रमुख नरेशराज सुवेदीलेले बताए ।

पक्राउ परेेेेेेका पौडेल नेकपा एमाले निकट प्रगतिशील इन्जिनियर्स एसोसियसनका लुम्बिनी प्रदेश उपाध्यक्ष समेत हुन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार