जेठ ९ काठमाडौ – गुणस्तरहीन स्वास्थ्य सामाग्री उत्पादन तथा बिक्री वितरण गरेकाे आराेपमा महानगरीय अपराध महाशाखाले एकजनालाई पक्राउ गरि ठुलाे परिणाममा गुणस्तरहीन सामाग्री बरामद गरेकाे छ।

हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण सिर्जित बिकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै धमाधम बिभिन्न औषधीजन्य पसल एवं सर्जिकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरि गुणस्तरहिन सेनिटाईजर उत्पादन गर्ने गरेकाे पाइएको छ।

मानव स्वास्थ्यमाथी खेलवाड गरि कालो बजारी भईरहेको भन्ने बिशेष सुचनाका आधारमा “75% Hand Senitizer “ नामको सेनिटाईजर बजारमा खुलेआम बिक्री बितरण भईरहेको पाईएकोले त्यस्ता सेनिटाईजरको गुणस्तर जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परिक्षणको लागी पठाईएकोमा उक्त सेनिटाईजरमा Methanol रसायन २४% भेटिएको र उक्त सेनिटाईजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथी नियन्त्रण गर्नु पर्ने जरुरी रहेको देखिएको भन्ने औषधी व्यवस्था विभागबाट परिक्षण रिपोर्ट प्राप्त भए पश्चात् महानगरीय अपराध महाशाखा,मिनभवनबाट खटिएको प्रहरी टोलीले उक्त सेनिटाईजरको उत्पादन एवं प्याकिङ भईरहेको ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.-४ ईमाडोल शितल‍हाईटमा रहेको आशिष प्याकुरेलले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता नगरी Repacked By RCB ईण्डष्ट्रिज पर्सा, नेपाल उल्लेख गरीएको नक्कली स्टिकर प्रयोग गरी सेनिटाईजर तयारी तथा प्याकिङ गरी विक्री गर्ने गरेको स्थानबाट करिब २५,००० लिटर नक्कली सेनिटाईजर,२००० लिटर Methanol रसायन, ३६०० लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरु समेत बरामद गरिएको छ।

जनहितमा जारी सन्देश

त्रिपुरेश्वर स्थित लाईफ लाईन सर्जिकल सप्लायर्सबाट करिब ५००० लिटर गरि करिब ३० हजार लिटर सेनिटाईजर बरामद गरिएको, बरामद सेनिटाईजरको जम्मा बजार मुल्य करिब एक करोड असी लाख बराबरको रहेको छ। लाइफ लाइन सर्जिकल हाउसका संचालक जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नं.-१ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.-४ ईमाडोल शितल‍हाईट बस्ने २६ वर्षिय आशिष प्याकुरेललाई पक्राउ गरेकाे छ। उक्त सर्जिकल हाउस औषधी व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा शिल गरी थप अनुसन्धान भईरहेको र उक्त नामका सेनिटाईजर बजारमा विक्री वितरण हुन नदिन सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय समेत भई रहेको बताइएको छ।

त्यसैगरी NAWAMI नामको उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योग बालाजुबाट उत्पादित नक्कली सेनिटाईजर समेत बजारमा बिक्री वितरण भईरहेको भन्ने सुचनाकाे आधारमा काठमाडौ महानगरपालिका १४ कुलेश्वरबाट २१ कार्टुन, सेनिटाईजर समेत बरामद गर्नुका साथै नक्कली सेनिटाईजर ओसारपसारमा प्रयोग भएका बा १२ च ९२६९ र लु अ अ ३२९४ नम्बरका दुईवटा गाडी समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका आशिष प्याकुरेललाई कमसल माललाई असल भनि झुक्याई विक्री वितरण गरेको एवं औषधीमा मिसावट गरि विक्री वितरण गरेको कसुरमा कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन-२०३२ अन्तर्गत कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएकाेे छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार