बैशाख २२ जाजरकोट – कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहर चलेपछि जिल्लामा संक्रमित विरामीहरुको संख्या दैनिक तीन दर्जन भन्दा बढि बिरामीहरु थपिन थालेका छन् । सिमित साधन स्रोत र जनशक्तिका आधारमा गरिएको पहिचानबाट दैनिक तीन दर्जन भन्दा बढि बिरामीहरुको संख्या थपिन थालेको हो ।

जनहितमा जारी सन्देश

विश्वलाई प्रभावित बनाई रहेको कोरोना भाइरसको सन्त्रासले जिल्ला नै भयबित भएको छ । तिव्र गतिमा फैलिदै गएको कोरोना भाईरसको संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई दैनिक रिर्पोटिङ्ग गर्न पनि कठिनाई भईरहेको छ । जिल्लामा भरपर्दो टेलिफोन सेवा नहुदा कोरोना भाईरसको संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र नेपाल प्रहरीलाई दैनिक रिर्पोटिङ्ग गर्न कठिनाई भएको हो ।

नेपाल टेलिकमले दिदै आएको नमस्ते र स्काई सेवा जिल्ला सदरमुकाम खलंगा भित्रै प्रभावकारी हुन नसकेकोमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा पनि सहमत हुनुहुन्छ । आफ्नो निबास मै नेपाल टेलिकमको नमस्तेले काम नगर्ने प्रजिअ देवकोटाले बताउनु भयो । निबासमा हुदा टेलिफोन गर्न कोठा भन्दा बाहिर आउनुपर्ने अबस्था रहेको प्रजिअ देवकोटाको भनाई रहेको छ ।

जिल्ला सदरमुकाको तल्लो थाप्ले, जिल्ला अस्पताल रहेको स्थानतिर नेपाल टेलिकमको नमस्ते सेवाले काम नगरेको स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरुको भनाई रहेको छ । फोन गर्न र ईन्टरनेट सेवा संचालन गर्नका लागि आफुहरुले एनसेलको सीम प्रयोग गर्ने गरेको स्वास्थ्य सेवा कार्यालयका कर्मचारीहरुले बताउने गरेका छन् । एनसेलले पनि जिल्ला सदरमुकाम र नलगाडको वडा नं १ बाहेक अन्य ठाउँमा सेवा बिस्तार गर्न सकेको छैन ।

नेपाल सरकारले “हात–हातमा मोवाईल र घर–घरमा ईन्टरनेट” को संचार नीति अघि सारेको समय झण्डै १४ बर्ष पुरा हुन थालेको छ । तर, जाजरकोट जिल्लाको अबस्था गाउँमा कुनै मान्छे मर्‍याे भने, कसैको बिबाह र सामाजिक कामको लागि खबर गर्नु पर्‍याे भने, जानकारी दिनलाई बाजा बजाउनु पर्ने, घर–घरमै पुगेर कटुवाले खबर गर्नुपर्ने अबस्था अझै कायमै छ । कर्णाली प्रदेशलाई डिजिटल प्रदेश घोषणा गर्ने नीति तथा कार्यक्रम कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको पनि तीन बर्ष पुरा भईसकेको छ तर, जाजरकोटमा ईन्टरनेटको त कुरै छोडौं, भरपर्दो टेलफोन सेवा संचालन हुन सकिरहेको छैन । भौगलिक रुपमा विकट, छितरिएको बासोबास गर्दै आएका जाजरकोटका नागरिकहरुले महामारीको बेलामा म बिरामी परे भनेर आफन्त र नजिकको साथि भाईलाई सहज तरिकाले फोन गर्न सक्ने वातावरण बन्न सकेको छैन ।

शिवालय, जुनीचाँदे र बारेकोट गाउँपालिकामा गत चैत महिनामा नेपाल टेलिकमका तीन वटा टावर जडान भएएका थिए । टु जी र फोर जी सेवा संचालन गर्नेगरी तीन ठाउँमा टावर जडान भएपछि त्यहाँका जनप्रतिनीधि र सर्वसाधारण नागरिकहरु खुशीले गदगद भएका थिए । टावर जडानको सबै काम सम्पन्न भएपछि फोटो खिचेर फेसबुकको वालमा नसजाउने र खुशी व्यक्त नगर्ने कोही पनि थिएन । तर, अहिले उक्त टाउरका नेटवर्कले काम नगरेपछि जिल्लाका सबै पालिकाहरुबाट कोभिड–१९ को दैनिक रिर्पोट संकलन गर्न कठिनाई भईरहेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण केसीले बताउनु भएको छ ।

नेपाल टेलिकम जाजरकोट शाखा प्रमुख गोपेन्द्रलाई उदृत गर्दै प्रजिअ देवकोटाले जिल्लामा हाल जुन सामर्थमा संचालनमा रहेको टेलिफोन सेवालाई अबको ५ दिनभित्रै सोही सामर्थ अनुसारको टेलिफोन सेवा बिस्तार गरिने बताउनु भयो । शाखा प्रमुख गोपेन्द्रको मोबाइल नम्बर ९८५८०२४९९९ मा हामीले टेलिफोन सम्पर्क गर्दा उहाँले फोन उठाउनु भएन ।

जिल्लाका विभिन्न ठाउँमा हाल संचालनमा रहेका सबै साईटहरु संचालनमा रहेको नेपाल टेलिकम, जाजरकोटमा प्राविधिक प्रमुख शिव खनालले जानकारी दिनु भएको छ । उहाँले दिएको जानकारी अनुसार दुई दिनदेखि मच्छाईनाको सल्लीभीरमा रहेको टावरमा खराबी आएको तर, आजनै त्यसलाई सुधार गरि संचालनमा ल्याईने प्राविधिक प्रमुख खनालले बताउनु भएको छ । रुकुमको घेत्मामा रहेको टावरमा आएको खराबीले बारेकोटको नायकबाडामा रहेको टावरले काम नगरेको बताउदै खनालले घेत्माको टावरमा फेर्नुपर्ने सामान भोलीनै फेरेर नायकबाडाको टावरलाई संचालनमा ल्याउने विश्वास दिलाउनुका साथै । कुशे गाउँपालिका–८ लाँताचुलीमा रहेको स्काई टावरमा लामो समय देखि खराबी आएर संचालनमा आउन नसकेको प्राविधिक प्रमुख खनालले स्वीकार गर्नु भएको छ । उक्त स्काई टावरमा नमस्तेको सामान जडान गरेर सेवा संचालन गर्नमा आफुहरु लागि परेको तर, कोभिड–१९ को प्रभावले ढिलाई हुन गएको खनालले बताउनु भयो। ढिमेमा नमस्तेको फोर जी टावर बनिसकेको र केही सामान आउन बाँकी रहेको जानकारी दिदै प्राविधिक प्रमुख खनालले केही दिनमै सामान ल्याउनुको साथै जडान गरेर फोर जी सेवा संचालन गरिने बताउनु भएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४१
कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहरमा जाजरकोट जिल्लामा संक्रमितको संख्या २ सय ४१ पुगेको छ । मंगलबार जिल्ला अस्पताल, भेरी नगरपालिका र कुशे गाउँपालिकामा गरिएको परिक्षणबाट ३२ जनालाई कोरोना पुष्टी भएपछि जिल्लामा संक्रमितको संख्या २ सय ४१ पुगेको हो । १ सय ३० जनालाई गरिएको परिक्षणबाट मंगलबार ३२ जनालाई कोरोना पुष्टी भएको थियो ।

जनहितमा जारी सन्देश

जिल्लाभरी ७ सय ६९ जनालाई गरिएको परिक्षणबाट २ सय ४१ जनालाई कोरोना पुष्टी भएको महामारी फोकलपर्सन खत्रीले जानकारी दिनु भएको छ । खत्रीले दिएको जानकारी अनुसार मंगलबार जिल्ला अस्पतालमा २१ जनालाई गरिएको परिक्षबाट ९ जनालाई कोरोना पुष्टी भएको छ भने, भेरी नगरपालिकाको कुदु र फेरामा ६० जनालाई गरिएको परिक्षणबाट २१ जनालाई कोरोना पुष्टी भएको छ । त्यसैगरी कुशे गाउँपालिकाको थर्पुभार्मामा मंगलबार ४९ जनामा गरिएको परिक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको छ ।

जिल्लामा संक्रमितहरुको संख्या २ सय ४१ पुगेको छ भने, कोरोना सन्चो भएकाको संख्या तीन जना रहेको छ । सक्रिय संक्रमितको संख्या जिल्लामा २ सय ३८ रहेको छ । भेरी नगरपालिकामा परिक्षण गरिएका ३५ प्रतिशत बिरामीहरुलाई कोराना पुष्टी भएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार