बैशाख १८ दाङ – तुलसीपुरमा पार्किङ गरेर राखेको बेवारिसे एउटा कारभित्र तीनवटा शव फेला परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको उक्त कारमा तिनजना बालबालिकाकाे शव भेटिएको हाे। आइतबार बेलुका एउटा बस पार्किङकाे लागि ठाउँ खाेज्दै जादा गन्ध आएपछि कारभित्र सङकास्पद वस्तु देखेर बस स्टापले प्रहरीलाई खबर गरेका थिए। प्रहरी उक्त ठाउँ पुगेपछि इण्डियन नम्बर प्लेटको आर जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन शव फेला परेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए।

जनहितमा जारी सन्देश
घटना घटेकाे लामाे समय बितिसके र बेवारिसे कारमा शव भेटिएकाले अनुसन्धान सहज र छिटाे गर्न तालिम प्राप्त कुकुर र फेरेन्सिक विज्ञ सहितको टोली पनि अनुसन्धानमा खटाइने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी रवीन्द्र धानुकले बताए।
स्थानीय बासीका अनुसार गत माघ महिनादेखि पार्किङ गरि राखेको बताएका छन । तर कसले पार्किङ गरेकाे त्याे भने अझै खुलेकाे छैन। ती शवहरु सडेकाे अवस्थामा भएकाे हुदा पहिचान खुल्न नसकेको हाे। ती शवहरु त्यहि आसपासका हुन वा अन्यत्र घटना घटाएर त्यहा राखिएको हाे केही यकिन छैन। प्रहरीले भने सुरुवातमा तुलसीपुर क्षेत्रका हराएका बालबालिकाहरुकाे आधारमा अनुसन्धान गरि पहिचान खुलाउने प्रयास गर्ने तर अनुसन्धान नगरी केही भन्न नसक्ने डिएसपी सिंहले बताए ।

जनहितमा जारी सन्देश