बैशाख १८ जाजरकोट – कुशे गाउँपालिका–८ औलरीजामा अज्ञात रोगले २ बालकको मृत्यु भएको छ । ज्वरो आउने, पहिलो रंगको बान्ता गर्ने लक्षण सहितको रोगले २ जना बालकको मृत्यू भएको हो ।

कुशे–८ औलरीजामा बिहिबार राती १ जना र शुक्रबार राती १ जना बच्चाको मृत्यु भएको औलरीजाकी बिनिता बिकलाई उदृत गर्दै कर्णाली प्रदेश (क) का सांसद गणेशप्रसाद सिंहले जानकारी दिनु भएकाे छ । विनिता विकलाई उदृत गर्दै सांसद सिंहले एक्कासी ज्वरो आउने, पहिलो रंगको बान्ता गर्ने रोगले २ जना बच्चाको मृत्यु भएको बताउनु भएको छ । उक्त रोगका लक्षण देखापरेका ६–७ जना दुधे बालकहरु गाउँमा बिरामी भएको साँसद सिंहले जानकारी दिनु भएको थियो । सांसद सिंहलाई टेलिफोन मार्फत घटनाका बिषयमा जानकारी गराउने विनिता विक कुशे गाउँपालिका–८ की वडा सदस्य हुन् ।

जनहितमा जारी सन्देश

कुशे गाउँपालिकाको वडा नम्बर ८ का बच्चाहरुमा देखा परेको उक्त रोगको नियन्त्रण तथा पहिचान गर्नका लागि जिल्ला सदरमुकाम खलंगाबाट औषधी सहित स्वास्थ्यकर्मीहरुको एक टोली अहिलेनै कुशे गाउँपालिका तर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनु भएको छ। औषधी सहित जिल्ला अस्पतालमा कार्यरत डा.ईन्द्र थापा, स्वास्थ्य सहायक राजेन्द्रजंग शाह र अहेव कृष्ण खड्का गरी तीन जनाको टोली सदरमुकामबाट कुशे तर्फ हिडि सकेको डा.औसरसिंह राठोरले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार