असोज १०, सल्यान । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सल्यान क्षेत्र नं. २ (ख) को उपसभापति पदमा प्रकाश हमालले उम्मेदवारी दिएका छन्।
‘नेतृत्वमा युवा, सोचमा विकास, संगठनमा एकता’ भन्ने नारासहित उम्मेदवारी दिएका हमाल लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
हमालले आफ्नो राजनीतिक यात्रा २०६४ सालदेखि नेपाल विद्यार्थी संघको इकाई सभापतिका रूपमा सुरु गरेका हुन्। त्यसपछि नेपाल विद्यार्थी संघको सदस्य तथा नेपाल तरुण दल सल्यानको सदस्यका रूपमा समेत सक्रिय रहँदै आएका उनी पार्टी संगठनमा निरन्तर क्रियाशील छन्। हाल उनी नेपाली कांग्रेसको क्षेत्र नं. २ (ख) को उपसभापतिमा पदका उम्मेदवारसमेत रहेका छन् ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय हमाल हाल छत्रेश्वरी गाउँपालिका वडा नं. १ का निर्वाचित वडाध्यक्षका रूपमा जनप्रतिनिधिको जिम्मेवारीमा छन्। स्थानीय तहमा जनतासँग प्रत्यक्ष जोडिएर काम गर्दै आएका हमाललाई स्थानीयस्तरमा लोकप्रिय तथा जनप्रिय जनप्रतिनिधिका रूपमा समेत चिनिँदै आएको बताइन्छ।
युवाको नेतूत्व, चिकासमुखी सोच र संगठनभि्र एुकरा्ो
आवश्यकतालाई प्राथमिकता दिदै आफूले उम्मेदवारी दिएको हमालले बताएका छन ।