बैशाख १६ काठमाडाैं – केही दिन यता व्यापक रुपमा फैलिँदै गएको कोरोना संक्रमणले भयावह रूप लिए संगै बितेकाे २४ घण्टामा ३५ संक्रमितको मृत्यु भएको छ। याे संगै मृत्यु हुनेकाे संख्या ३ हजार २ सय ४६ भएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। बितेकाे २४ घण्टामा १२ हजार ५ सय ९७ जनामा गरिएको पिसिआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ जनामा एन्टिजेन परीक्षण गर्दा ९७ जनामा गरी जम्मा ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएकाे छ।
पछिल्लो २४ घण्टामा ८ सय ८८ जनाले कोरोना जितेसँगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८० हजार १६७ जना पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ४६ जनाको मृत्यु भइसकेको छ। सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार १ सय १७ छ भने ५९ जना क्वारेन्टाइनमा रहेकाे मन्त्रालयले जनाएको छ।

जनहितमा जारी सन्देश