दाङको तुलसीपुरमा विवाहका लागि भगाएर लैजाने भन्दै बोलाइएकी १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकि छन। बलात्कार आरोपमा किशोरीका प्रेमी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय राजेन्द्र चौधरी पक्राउ छन। अन्दाजी २५ वर्षीय राजेश चौधरी फरार रहेका छन्।
प्रहरीका अनुसार ओम र पीडित किशोरीबीच प्रेम सम्बन्ध थियो। ओमले विवाह गर्ने भन्दै जेठ ५ गते राति किशोरीलाई भेट्न बोलाएका थिए। उनीसँगै गाउँकै राजेश र राजेन्द्र पनि गएका थिए। तर उनी साथी संग आएकाे कुरा किशोरीलाई थिएन।
विवाहका लागि भगाउने भन्दै आफ्नो प्रेमी ओमले बाेलाएपछि घर नजिकैको एकान्त खेतमा किशोरी पुगेकि थिइन। किशोरीकाे अगाडि ओम एक्ला थिए। ओमले त्यसक्रममा शारीरिक सम्बन्धका लागि दबाब दिएपछि किशोरी पनि तयार भएपछि सहमतिमा शारीरिक सम्बन्ध भएको र पछि ओमले नै उनका साथीहरूलाई बाेलाई डर तथा धम्की देखाएर पालैपालो बलात्कार गरेर किशोरीलाई त्यहि छाेडेर भागेकाे किशोरीकाे बयानका आधार र प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले बताए।
घटनापछि पीडित किशोरीले भोलिपल्ट इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर तीनै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
फरार रहेका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैमाथि अदालतबाट म्याद थप गरी ‘जबरजस्ती सामूहिक करणी’ मुद्दामा अनुसन्धान भइरहेको डिएसपी बाेहराले बताए।