चैत २२ राेल्पा – नेकपा (माओवादी केन्द्र) गंगादेव गाउँ कमिटीको कार्यकर्ता भेटघाट तथा समसामयिक राजनीतिक बिषयमा अन्तरक्रिया कार्यक्रम शनिबार सानडाडा रोल्पामा सम्पन्न भएको छ ।

गाउँ कमिटी अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् रोल्पा सह- इन्चार्ज वीर बहादुर खत्री रहनु भएको थियोे । कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सल्लाहकार प्रेम बहादुर वली, जिल्ला कमिटी सदस्य नरसिंह राणा प्रभाव ,जिल्ला कमिटी सदस्यहर रिता घर्ती, कुसल सिंह बिक,टंक बहादुर वली,टोप बहादुर डागी, वाइसीएल नेपाल केन्द्रिय सचिवालय सदस्य नवीन खड्का ,वाइसीएल प्रदेश सदस्य राजेन्द्र प्रकाश वली ,गाउँ कमिटी सदस्यहरु जलेश कुमार केसि,भुपाल दमाई ,मान बहादुर डागी ,अखिल क्रान्तिकारी रोल्पाका सचिव अशोक वली परिवर्तन ,वाइसीएल जिल्ला सदस्यहरु भरत केसि, युवराज डागी,टीका बिक,२ नम्बर वडा सदस्य एवम् महिला प्रतिनिधि बिन कलि बुढा ,एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष दोय तिल कुमारी वली,राजेन्द्र कुमार पुन ,सहिद परिवार प्रतिनिधि दिपक केसि, जेष्ठ पार्टी सदस्य नरि बिक , वडाका पदाधिकारी लगायत , वडा सदस्य लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सर्बोच्च अदालतले पार्टी एकता भंग गरे सङ्गै ३ बर्ष पछि पहिलो पटक माओवादी केन्द्र गंगादेव गाउकमिटीले उक्त कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र प्रदेश कमिटी सदस्य वीर बहादुर खत्रीले पार्टीको इतिहास ,बर्तमान राजनीतिक गतिविधिका बारेमा प्रशिक्षण दिनु भएको थियोे । उहाले स्थानीय सरकारले गरेका गतिविधिका सडक ,शिक्षा ,कृषि ,स्वास्थ्य ,बिपद व्यवस्थापनका बारेमा चर्चा गर्नु भएको थियो ।

उहाले गाउपालिका माथि स्वयम् अध्यक्षको नाम तोकेर अमर्यादित शब्द प्रयोग गरेर सामाजिक संजालमा गम्भीर आरोप लगायर केही व्यक्तिले तथानाम लेखेकोले ती व्यक्ति हरुलाइ पुष्टि गर्न चुनौती दिनु भएको छ । यसको कानुनी उपचार गर्न वाइसीएललाई निर्देशन दिनु भएको छ । कार्यक्रमका अतिथि प्रदेश कमिटि सल्लाहकार प्रेम बहादुर वलीले कम्युनिस्ट हरुको धुर्बिकरण हुने पार्टी नया ढंगबाट अगाडि बढाउनु पर्ने बताउनु भएको छ । जिल्ला सदस्य नरसिंह राणाले माओवादी आन्दोलन झन शशक्त हुने बताउनु भएको छ । उहाले पार्टीले सहि दिशानिर्देश गरेर अगाडि बढाउनु पर्ने बताउनु भएको छ ।जिल्ला सदस्य रिता घर्तिले पार्टीलाई चलायमान बनाउन सबै जनबर्गिय संगठन ,पार्टी पङ्ती सक्रिय भएर लाग्नु पर्ने बताउनु भएको छ ।

वाइसीएल केन्द्रिय सचिवालय सदस्य नवीन खड्काले वाइसीएल नेपालको संगठन बिस्तार ,वाइसीएलले गर्नु पर्ने भुमिकाका बारेमा प्रष्ट पार्दै गाउपालिका माथि सामाजिक संजालमा प्रहार भएकोले साइबर क्राइम बाट समाधान खोज्नु पर्ने बताउनु भएको छ । वाइसीएल प्रदेश सदस्य राजेन्द्र वली,जिल्ला सदस्य भरत केसि, पार्टीका १ नम्बर वडा अध्यक्ष शिबराम पुन,२ नम्बर वडा अध्यक्ष रत्न बहादुर वली, ३ नम्बर वडा अध्यक्ष राम बहादुर खत्री ,४ नम्बर वडा अध्यक्ष शेर बहादुर खत्री ,५ नम्बर वडा अध्यक्ष वीर बहादुर खत्री ,६ नम्बर वडा अध्यक्ष कमान सिङ खत्री ,७ नम्बर वडा प्रतिनिधि सीता वलीले रिपोर्ट मन्तव्य राख्नु भएको थियो । माओवादी केन्द्र गंगादेव गाउँ कमिटी सह- सचिव सेर बहादुर बिकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन गाउँ कमिटी सचिव रेशम राज डागिले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार