रोल्पामा एक महिला माथि सामुहिक बलात्कार भएको छ।

सुनिलस्मृति गाउँपालिका–२ बस्ने ४० वर्षिय महिलामाथि सामुहिक बलात्कार गरेको आराेपमा सल्यान कालिमाटी गाउँपालिका–५ हात्तिदमार बस्ने ४४ वर्षीय धिरज भन्ने धनबहादुर कामी,  कैलालीकाे लम्कीचुहा नगरपालिका–२ बलचौर निवासी २३ वर्षीय अनिल वादी नेपाली र सोही ठाउँका २० वर्षीय सुनिल वादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

घटनापछि पीडित महिलाको उजुरीका आधारमा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

घटना के हाे ?

बैशाख २२ गते करिब बेलुका साढे ६ बजेतिर रोल्पा सुनिलस्मृति गाउँपालिका वडा न. २ बस्ने ती महिला आफन्तीकाे घर माडी गाउँपालिका -१ च्यानडाँडाबाट फर्कने क्रममा रोल्पा लिबाङ तर्फ  पैदल जाने क्रममा माडी गाउँपालिका -६ लाप्चुङ स्थित निर्माणाधीन मदन भण्डारी सड्क खण्डमा काम गर्ने ती मजदुरहरुले सडक छेउ कलभर्टमा लिई तिनैजनाले पालैपालो सामुहिक बलात्कार गरेको ती महिलाले २४ गते प्रहरीलाई जानकारी गराएकि थिइन।

त्यसपछि ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक गोपाल प्रशाद श्रेष्ठको कमाण्डमा ५ जनाको टोलि खटीगइ उनिहरुलाई सोही साइडबाट नियन्त्रणमा लिएकाे हाे। 

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार