चैत १२ बाँके – लागुऔषध सहित काेहलपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडी स्थित न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलमा लागुऔषध चरेसको कारोबार भइरहेको भन्ने गाेप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त होटल अनुगमनकाे क्रममा होटलको कोठा नं.१०१ बाट झोला भित्र राखेको १२ किलो चरेस सहित रोल्पा सुनिलस्मृति गाउँपालिका ७ का रुद्रबहादुर बुढा र रुकुमपूर्व भूमे गाउँपालिका ७ का रवि पुन पक्राउ परेका हुन।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार