राेल्पा प्रहरीले फरार रहेका एक ८१ वर्षिय वृद्धलाई २३ वर्षपछि पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका- ४ थापल खर्क निवासी ८१ वर्षीय कुलबहादुर घर्तीमगर छन् । घर्ती मगरविरुद्ध कपिलवस्तु जिल्ला अदालतले २०५९ माघ १८ गते लागुऔषध (चरेस) मुद्दामा ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यस यता उनी फरार रहँदै आएका थिए ।
गाेप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको विशेष टोलीले उनलाई आइतबार राति करिब ९:४० बजेको समयमाउनकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए ।
पक्राउ पछि अदालतमा उपस्थित गराई कैद र जरिवाना भुक्तानका लागि उनलाई कारागार कार्यालय रोल्पामा चलान गरिएको प्रहरी निरीक्षक नेपालीले बताए।