दाङमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माेटरसाइकल चालक राेल्पाकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का ज्ञानेन्द्र बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका १७ का कमल वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रमेश बोहराका अनुसार घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा पुल बनाउनका लागि खनेको खाल्डोमा बिहान ९ बजेतिर लुम्बिनी प्रदेश ०२–००१११०२ नम्बरको मोटरसाइकल खसेर उक्त दुर्घटना भएको हाे।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा मृत्य भएकाे हाे।

प्रकाशित मिति : २०८२ माघ २७ गते सोमवार