चैत २ काठमाडौँ — आगामी जेठ २५ गतेबाट असार ८ गतेभित्र सम्पन्न हुने गरी राष्ट्रिय तथ्यांक विभागले जनगणना २०७८ का लागि आइतबार देशका ८७ स्थानमा जिल्ला जनगणना कार्यालय स्थापना गरेकाे बताएको छ। देशका सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरिएका हुन् ।
जनगणना अधिकारी र सहायक अधिकारीको जिम्मेवारी तोकेर कार्यालय स्थापना गरिएको हो। एक भन्दा बढी कार्यालय हुने जिल्ला मध्ये काठमाडौंमा ५ वटा, झापा, मोरङ, सुनसरी, रूपन्देही, कैलालीमा दुई–दुई वटा जनगणना कार्यालय छन्। जनगणनामा खटाइने ८ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको छ ।
अहिलेसम्म १ लाख ४० हजारभन्दा बढीले आवेदन दिएकाा छन। कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम सञ्चालन गरिने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए।