फागुन १९ जाजरकोट –  कर्मचारी बर्खास्त गरेकाेे भन्दैै पेशागत ट्रेड युनियनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आपति जनाए छन।

भेरी नगरपालिकाले कर्मचारीलाई बर्खास्त गरेको प्रति निजामती कर्मचारीहरुको पेशागत आधिकारिक ट्रेड यूनियनहरु निजामती कर्मचारीहरुकाे आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी (संगठन) र नेपाल कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ती जनाएको छ । नगरपालिकामा कार्यरक्त एम आई एस अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई बर्खास्त गरेकोप्रति आपत्ती जनाएको हो ।

संयुक्त विज्ञप्ति

युनियनले एक विज्ञप्ति जारी गर्दै आपत्ति फागुन १७ गते स्पष्टीकरण माग गरेकोमा उनीहरुले स्पष्टीकरण पेश गरेको अवस्थामा समेत फागुन १८ गते कर्मचारीलाई बर्खास्त गरेको प्रति यूनियनको गम्भीर ध्यानआकर्षण भएको समेत बताएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ;‘राष्ट्रसेवक कर्मचारीको हक, हित र सरोकारका विषयमा यस सार्वजनिक प्रशासनलाई व्यवस्थित गरी जनउत्तरदायी प्रशासन कायम गर्ने प्रमुख उद्धेश्यका साथ स्थापना भएका हामी पेशागत ट्रेड यूनियनहरु आफ्नो उद्धेश्यप्रति अविचलित रुपमा निरन्तर क्रियाशिल रहेका छौँ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकामा एम आई एस अपरेटर पदमा कार्यरत श्री पवन शर्मा तथा श्री सरोज वली र सहायक चौथो पदमा कार्यरत भरत कुमार शर्मालाई मिती २०७७।११।१७ गतेका दिन स्पष्टीकरण माग गरेकोमा निजहरुले स्पष्टीकरण समेत पेश गरिसकेको अवस्थामा मिती २०७७।११।१८ गते भेरी नगरपालिकाले सेवाबाट बर्खास्त गरेकोले कर्मचारीहरुलाई सेवा प्रति बफादार बनाउने भन्दा पनि बर्खास्त गर्ने दुराशयपुर्ण मनशायले स्पष्टीकरण सोधेर बर्खास्त गरेकोले यस्ता कार्यले राष्ट्रसेवक कर्मचारीहरुको मनोवल कमजोर हुने तथा सेवा प्रवाहमा समेत प्रभावकारी काम नरहने कुरामा सचेत गराउँदै यसरी प्रतिसोध तथा पुर्वाग्रहबाट प्रेरित भएर कर्मचारीहरु बर्खास्त गरेको कार्यप्रति हाम्रो गम्भीर रुपमा ध्यानआकर्षण भएको छ ।

आफ्नो नेतृत्वको निकायमा फरक राजनितीक आस्था राखेकै आधारमा निजहरुको रोजगारी खोस्ने कार्यको घोर निन्दा गर्नुका साथै त्यसरी गरिएको प्रतिसोध तथा पुर्वाग्रहबाट प्रेरित कारबाही फिर्ता लिएर अविलम्व काममा लगाउन हुनुका साथै आगामी दिनहरुमा समेत यस्ता गतिविधीहरु नगर्न हुन हामी जोडदार माग गर्दछौँ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार