तुलसीपुरमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन।

तुलसीपुर उप-महानगरपालिका वडा नं. ९ अटोभिलेज स्थित राममाया घर्तिको घरमा शनिबार बेलुका करिब सवा ६ बजेतिर ईलाका प्रहरी कार्यालय तुलसीपुरकाे टाेलिले छापा मारेर पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बस्ने बर्ष ३६ को प्रेम प्रकाश वली, वडा नं. ६ रजौरा बस्ने ३३ को रमेश बस्नेत, वडा नं. ५ बसपार्क बस्ने बर्ष ३७ को गौरीलाल वली, वडा नं. ६ बरुवागाउँ बस्ने बर्ष ३८ को दिनेश बन्जरा,  वडा नं. ५ नयाँबस्ती बस्ने बर्ष २९ को खुम बहादुर बि.क,  वडा नं. ८ दुधेना बस्ने बर्ष ५५ को धनबिर बि.क, वडा नं. ५ बसपार्क बस्ने बर्ष ३३ को सन्तोष भण्डारी, वडा नं. ६ रजौरा बस्ने बर्ष ३८ को चेतलाल भण्डारी र वडा नं. १६ लालपुर बस्ने बर्ष ३४ को तिलकराम के.सी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले बताए।

अबैध रुपमा जुवा तास खेलिरहेका छन भन्ने गोप्य सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक बिनोद राज खत्री को कमाण्डमा  खटिएको प्रहरी टाेलिले नगद रु ३४ हजार ६ सय ५ रुपैया र २ गड्डी तास सहित नियन्त्रणमा लिएको हाे।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरकाे हिरासत कक्षमा राखि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रानाले बताए।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार