दाङमा लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पकाउ पर्नेमा तुलसीपुर नगरपालिका-८ बस्ने र  सल्यानकाे बागचौर नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ। उनिहरु १८ वर्ष मुनिका रहेकाले प्रहरीले नाम गाेप्य राखेको छ।

उनिहरुलाई लमही नगरपालिका-९ अमिलियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट र नाईट्राजेपाम ४८ ट्याब्लेट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले नेपालगंजबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.८ प ४८०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार