राेल्पामा कर्तव्य ज्यान मुद्दामा फरार एक जना १४ वर्षपछि पक्राउ परेका छन।
पक्राउ पर्नेमा गंगादेव गाउँपालिका -६ झाझरखाेलाका ६४ वर्षिय मनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
जिल्ला अदालत राेल्पाबाट २०६८ बैशाख १५ गते कर्तव्य ज्यान मुद्दामा ३ वर्षकाे कैद सजाय फैसला भएपछि फरार रहेका वलीलाई विषेश सुचनाकाे आधारमा ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देवसिंङ भण्डारीकाे कमान्डरमा खटिएको प्रहरी टाेलिले शनिबार बिहान करिब साढे १० बजेतिर उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक राेहितकुमार शाहीले बताए।
परविर वलीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मनबहादुर वली भएको कर्तव्य ज्यान मुद्दामा अदालतले फैसला गरेदेखि उनी फरार रहेकोमा विशेष सुचनाापछि प्रहरी परिचालन भएको प्रहरी निरीक्षक शाहीले जनसहारासंग बताए।
पक्राउ पछि फैसला कार्यन्वयनका लागि आइतबार अदालतमा उपस्थित गराई कारागार पठाइएको प्रहरी निरीक्षक शाहीले बताए।