फागुन ९ काठमाडौ – नेकपा प्रचण्ड-माधव समुहको केेेन्द्रीय न सदस्य तथा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य समेत रहेकि नेतृ रामकुमारी झाँक्री अहिले विवादमा तानिए कि छिन। उनले एउटा अन्तर्वार्तामा समाजसेवालाई दबाएर अभिव्यक्ति राखेकि छिन। साेहि उनकाे अन्तर्वार्ता हेरेर देश विदेशमा रहेका समाजसेवी अभियान्ताले उनकाे आलाेचना गरेका छन।

अन्तर्वार्तामा पत्रकारले समाजसेवा अन्तर्गत निर्माणधिन माझी बस्ती र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला उदाहरण दिदा रामकुमारी भन्छिन् `यसकाे परिभाषा परिवर्तन गरौ कसैबाट मागेर र आफ्नाे परिवार पाल्दै कसैलाई केही दिदैमा समाज सेवा भन्न मिल्दैन´। `समाजसेवा त विनाेद चौधरी तथा वैदेशिक ठुलाठुला कम्पनीकाे मालिकहरुले गरेपछि समाज सेवा हाे´ उनकाे यस्ताे अभिव्यक्तिले अहिले सामाजिक संजाल तातिरहेको छ।

यसै बिच सामाजसेवी खुसी राईले नेतृ झाँक्रीलाई खुल्ला पत्र लेखेकि छन।

सम्मनिय सभासद राम कुमारी झाँक्री ज्यु
नमस्कार

पहिलो कुरो त म पनि महिला भएको ले तपाई त्यो ठाउँमा पुग्नु भएकोमा एकदम गौरब लागेको थियो। तर के थाहा तपाई लाई हाम्रो देशमा कहाँ र के भइरहेको छ सत्तामा बसेर टेबल ठटाएर जस्तो पैसा आउदैन हामी जनताको, समाजसेवालाई औलाउदै बोल्ने अधिकार छैन त कि तपाईले आफ्नो लागि बाहेक अरु कसैको लागि केही गर्नु भको छैन।

तपाईले राजनीतिमा लागेर ६ वर्षमा करोडौंको महल ठहर्याउनु भएकाे छ। तर हामीले खाडीमा जुनि बितायौ र पनि घरमा परिवारलाई खाना लाउन बाहेक केहि गर्न सकेका छैनौ। समाज सेवा आफ्नो खल्तिबाट गर्न सक्ने जति सबै महलमा रमाई रहेका छन्। वरिपरी क्यामरा राखेर चलचित्र देखाउने तपाईहरु हो यति धेरै कोरोना महामरीमा मजदुरले काम गरि खान पाएनन् भोकभोकै सडकमा भौतरिदा खै तपाइले दिनु भएको, खै हजारौं विरामी उपचार नपाएर छटपटी मरे खै कुनै दिन
तपाईको नाम आएको???

मुख मिठाएर बोले जस्तो हुन्छ?? एउटा महिला भएर हजारौ बालिका बलात्कार को सिकार भको छ र हत्या भएको छ खै केहि गर्नु भएकाे छ ? हजारौं महिलाले आफ्नो चुलो चौकोमा बस्ने अधिकार गुमाएर बिदेसिनु परेको छ यसको लागि के बोल्नु भको छ?? फिल्मी सैलीमा भाषण गरेर भिडियो बनायो जनतालाई टोलन दिएको बाहेक के गर्नु भको छ?? जनताको घरमा आगो लागेको छ। महिनौ गाँस, बाँस, कपास बिना बसिरहेका हुन्छन् खै तपाईहरु बाट कहाँ राहत पुर्याइयो??? समाजसेबी मनका धनी हरुले १ पैसा २ पैसा गर्दै जम्मा गरेर भोको नाङ्गो टार्दै आइ रहेका छन् यि सहयोगि मनहरु हात हरु नभएको भए नेपाल मा लाखौं भोकले नै मर्ने थियो याद छ नेपाल सरकार लाई??

अन्तमा सक्नु हुन्छ भने समाजसेवीको मर्यादालाई बुझेर अरु केहि गर्न नसके पनि स्याबासी बाेल्न र सलुट गर्नुस!!

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार