फागुन ४ मोरङ — मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दसहित ४२ जनाविरुद्ध जिल्ला अदादलत मोरङमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।

महासचिव नेत्रविक्रम चन्दको निर्देशनमा शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको अभियोग पत्रमा उल्लेख छ । उक्त मुद्दामा मंगलबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले बताए ।

मृतक शिक्षक श्रेष्ठ मिक्लाजुङ गाउँपालिका–१, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन। चन्दा र खशि नदिएको साथै सुराकी गरेको आरोपमा चन्द समूहका ६ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरी जंगलमा लगेर मंसिर २३ गते हत्या गरेका थिए । घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जंगलमा शव भेटिएको थियो । प्रहरीले अनुसन्धानपपछि ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरेपछि सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

शिक्षक हत्या आरोपमा अपहरण र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका चन्द समूहका आराेपितकाे नामावली

मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकल
२ सखुुवासभाको मादी नगरपालिका–४ का ३५ वर्षीयधनबहादुर विक,
२.राेल्पा परिवर्तन गाउँपालिका हालर कपिलवस्तुको शिवराज नगरपालिका–९ का ५३ वर्षीय विप्लव भनिने नेत्रविक्रम चन्द,
३ रोल्पाको थवाङ गाउँपालिका–१ का ५२ वर्षीय विशम भन्ने सन्तोष बूढामगर,
४ कालीकोटको नरहरिनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा,
५. जाजरकोटका ४२ वर्षीय दीपक चलाउने
६. मोरङको केराबारी गाउँपालिका ६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई,
७ खोटाङ साकेला गाउँपालिका–१ का ४१ वर्षीय शैलेश भनिने चन्द्रबहादुर बुढाथोकी,
८.झापाको गौरीगञ्ज–१ का २६ वर्षीय सञ्जय राई, ९.भोजपुरको षडानन्द नगरपालिका–२ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई,
१०.धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भन्ने नवीन राई,
११.धनकुटाको पाख्रिबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर,
१२.काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम,
१३.सखुवासभाको चैनपुर–४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई,
१४.भोजपुरको ट्याम्केमैयुम– ७ का ४१ वर्षीय भीम भन्ने कुमार राई
१५.खोटाङको दिपरुङ्चुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर,
१६.सोलुखुम्बुको महाकुलुङ–१ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा,
१७.ओखलढुङ्गाको लिखु–७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेत,
१८.गोर्खाको अजिरकोट गाउँपालिका–३ का ४१ वर्षीय शिलु भन्ने उमा भुजेल,
१९.झापाको दमक–२ का ३० वर्षीय सुमनसिंह पौडेल, २०.सोलुखुम्बुको सोताङ–१ का ३५ वर्षीय बालकुमार राई भन्ने राकेश राई,
२१.भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई,
२२.सखुवासभाको चैनपुर–४ मैदानेका २२ वर्षीय नाती भन्ने बासन राई,
२३.ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का २२ वर्षीय अखिल भन्ने मनोज भुजेल,
२४.ताप्लेजुङ मिक्वाखाेला गाउँपालिका वडा नम्बर–१ का २३ वर्षीय लुङ्गा भन्ने सुदम लुङखिम्बा
२५.भोजपुरको पौवादुङ्मा गाउँपालिका–३ का २६ वर्षीय उमेश खत्री,
२६.ताप्लेजुङको मिक्वाखोला ५ का २९ वर्षीय संग्राम भन्ने पूर्णबहादुर लिम्बू,
२७.धनकुटाका २४ वर्षीय आशिष भन्ने विक्रम राई,
२८.मोरङको मिक्लाजुङ–१ का २२ वर्षीय बिर्जुम भन्ने श्रीमान् राई,
२९.ताप्लेजुङको मिक्वाखोला–१ का २५ वर्षीय विशाल लिम्बू, ३०.ताप्लेजुङको फक्तालुङ गाउँपालिका–२ का २५ वर्षीय संगम आङदम्बे,
३१.भोजपुरको पौवादुङ्मा–४ का २४ वर्षीया अनुष्का राई, ३२.ताप्लेजुङका २५ वर्षीय हेतु साउदेन,
३३.इलामको देउमाई नगरपालिका–७ का ३६ वर्षीय मौसम भन्ने जितमान राई,
३४. इलाम देउमाई नगरपालिकाका अविनाश भन्ने ४५ वर्षिय डम्बर मगर
३५.देउमाई नगरपालिका मिक्लाजुङ–८ का ४५ वर्षीय महावीर भन्ने जितेन्द्र महरा र अन्य सातजना विरुद्ध मुद्दा दर्ता गरिएको हाे। अन्य सातजनाकाे भने थप थप अनुसन्धानकाे लागि नाम गाेप्य राखिएको छ। हत्यापछि चन्द नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार