लाेक सांगीतिक बजारमा सल्यानका गणेश डाँगी गगनकाे `मायामा अन्धो भएछु´ बाेलकाे गीत सार्वजनिक भएको छ।
विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा एकपछि अर्काे गर्दै नेपाली लाेक सांगीतिक बजारमा निरन्तर अघि बढिरहेका गायक तथा सर्जक डाँगीले आफ्नो अर्काे नयाँ सांगीतिक कोसेलीकाे रुपमा उक्त गीत सार्वजनिक गरेका हुन।
गणेश डाँगी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गणेश डाँगी गगन र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने लय शब्द पनि गायक डाँगीकै हाे। गीतमा एरेन्ज रेकर्ड मिक्सिङ हेमराज डाँगीले गरेका छन।
दाङ सल्यान र रोल्पाको विभिन्न ठाउँमा छायांकन गरेको गीतमा गायक स्वयं गणेश र बिमला थापा मगरको अभिनय रहेको छ भने गीतमा निर्देशन गायक आफैले गरेका छन् कोरियोग्राफी सम्पादन र कलरको काम अभिषेक मल्लले गरेका छन् । क्यामरा र ड्रोन मित्रबाबुले चलाएका हुन् भने व्यवस्थापनको रुपमा सरोज रेग्मीले सहयोग गरेका हुन्।
गीतको रेकर्ड मालिका स्टुडियो काठमाडौँमा गरिएको हो भने पोस्ट प्रोडक्सन स्मार्ट फिल्म स्टुडियोले गरेको हाे। गीतमा रिदम मेघराज लुङ्गेली र बाँसुरीमा गोपाल देव र सारङ्गी हेमन्त कान्छा रसाइलीले बजाएका हुन् भने सुजन रेग्मीले गीतकाे कभर पोष्टर आर्ट गरेका हुन।
गायक तथा सर्जक डाँगीले यसअघि दर्जनौं गीतमा स्वर तथा लय शब्द गरिसकेका छन।