१५ हजारमा युवती बेच्ने एक जना २४ वर्षपछि पक्राउ परेका छन।

पक्राउ पर्नेमा सुर्खेतको चौकुने गाउँपालिका–७ का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

विष्टले साविक गुटु गाविस–८ की २१ वर्षीय नामसरा देवी कँडेललाई २०५७ असोज १ गते विवाहको प्रलोभन देखाएर भारतकाे गोरखपुर लगेर एक अपरिचित भारतिय नागरिकलाई उनले १५ हजारका बिक्री गरेको २०५८ मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायर भएकोमा फरार रहेका उनलाई गुटुकै एरियाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए।

उनी माथि थप अनुसन्धान भइरहेको डिएसपी विश्वकर्माले बताए।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार