नेपाल लाेक दाेहारी बजारमा `रारा ताल मुगुमा´ बाेलकाे गीत सार्वजनिक भएको छ।
रमेश डाँगीकाे लय शब्द रहेको गीतमा रमेश डाँगी र राधा बिसी डाँगीले स्वर दिएका छन। देउडा भाका र स्थानीय भाषा परिवेशकाे मिठास झल्काउने शब्दहरु रहेको याे गीतकाे छायांकन मुगुकाे आसपास र रारा ताल क्षेत्रमा गरिएको गीतलाई सर्जक तथा गायक रमेश डाँगीकाे आफ्नै Ramesh Dangi नामक युटुबबाट सार्वजनिक गरिएको छ।
भिडियोकाे निर्देशन डबन कार्कीले गरेका छन भने अभिनयमा रमेश डाँगी, सुमित्रा रावल, युवराज वली, बरदान आरएल ठकुरी र जुनमाया नेपालीलाई देख्न सकिन्छ।
गीतले बिशेष गरि कर्णालीकाे परम्परा र रहनसहनलाई समेत झल्काउन खाेजिएकाे छ जहाँ स्थानीय रुपमा बाेलिने भाषा देखि संस्कृति, पर्यटनकाे आन्नद समेत भिडियोबाट लिन सकिन्छ।