तरकारी उत्पादनकाे हबका रुपका परिचित सल्यानको कपुरकोटमा तरकारी ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरिने भएको छ।

किसानहरुले उत्पादनलाई सहजै बजार सम्म पुर्याउनको लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हाे। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ सल्यानको ५० प्रतिशत अनुदान र कृषि उपज बजार संचालक समिति कपुरकोटको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको कपुरकाेट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताए।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ सल्यानको ढुवानी साधन अनुदान कार्यक्रम अन्तर्गत १४ लाख ३ हजार ७ सय ५० र कृषि उपज बजार संचालक समिति कपुरकोटको १४ लाख ३ हजार ७ सय ५० गरि जम्मा २८ लाख ७५ हजारमा खरिद ढुवानी साधन खरिद गरि कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताए।

सोमबार एक कार्यक्रमका बिच कृषि उपज बजार संचालक समितिलाई प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले उक्त ढुवानी गाडी हस्तान्तरण गरेका हुन।

अब उत्पादित बस्तु खरिदका लागि गाउँपालिकाले पनि पिकप भ्यान गाडी यसअघि नै खरिद गरिसकेको हुदा यी दुबैलाई कृषि एम्बुलेन्सकाे रुपमा सञ्चालन गर्न पालिकाले कार्यविधि नै तयार गरेर अघि बढने याेजना रहेको प्रमुख प्रशासकीय अधिकृत वलीले बताए।

प्रकाशित मिति : २०८१ असार २५ गते मङ्गलवार