होलेरी कृषि हाटबजारमा यस वर्षबाट खसी बोका हाट बजार संञ्चालनमा आउने भएको छ ।

यस वर्ष सञ्चालन हुन लागेको खसी बोका कृर्षि हाटबजार आज ११ बजे उद्घाटन हुने भएको छ ।
होलेरीमा गत वर्ष देखि कृषि हाटबजार सञ्चानमा आएको हो । गर्त बर्ष कृषि उपज तरकारीको बजारीकरण भएकोमा यस वर्षबाट खसी बोका को पनि बजारीकरण गरि कृषकलाई मनग्य आम्दानीमा जोड्ने उदेश्यका साथ हाट बजार सञ्चानमा ल्याउन लागिएको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले बताए ।

गर्ष वर्षको कृषि हाटबजारबाट रुन्टीगढीका कृषकले राम्रो आम्दानी गरे पछि अहिले फेरी उक्त हाटजजारमा खसी बोकाको पनि हाटबजार सञ्चालनमा ल्याउन लागिएको छ । त्यस्तै यस हाटबजार सफल भए पछि यस वर्षबाट रुन्टीगढी गाउँपालिका वडा न ४ को सुर्पालमा समेत हाटबजार सञ्चालनमा ल्याउन लागिएको छ ।

रुन्टीगढी गाउँपालिका तथा गाउँपालिकामा रहेको गोल परियोजना लगाएत संघ सस्थाको सहयोग सञ्चालन हुने हाटबजारको रुन्टीगढी गाउँपालिकाको पशु शाखाले सहजिकरण गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार