गंगादेव गाउपालिका -३ मनिमारेमा रहेको कोल्डस्टोरमा जडान भएको ट्रान्सर्फमर बिक्रेता कम्पनिले फिर्ता लिएको छ।

बिक्रेता कम्पनीले ट्रान्सर्फमर खरिदकाे पूरा रकम नपाएको भन्दै जडान गरेको ठाउबाट निकालेर फिर्ता लिएको हाे। उक्त काेल्डस्टाेरकाे बक्यौता रहेको विद्युत महसुल नतिरेको भन्दै केहिदिन पहिले विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्र रोल्पाले विद्युत लाइन समेत काटेको थियो।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण भएको कोल्डस्टोर निर्माण सम्पन्न गरि स्थानिय सरकारलाई हस्तान्तरण गरिसकेको भएपनि उक्त कोल्डस्टोर स्थानीय अहिले सम्म प्रयोगमा आउन सकेको छैन।

काेल्डस्टाेरले विद्युतकाे महसुल शुल्क जडान गरे देखि अहिलेसम्म तिरेको छैन। जसअनुसार अहिलेसम्म महसुल बक्यौता रकम मात्रै २ लाख ४० हजार ८ सय १५ रुपैयाँ २७ पैसा रहेको विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्र रोल्पाका प्रमुख आशिषश्वर शाहले जनसहारासंग बताए।

अहिले ट्रान्सर्फमर फिर्ता लिदा बिक्रेता कम्पनीले विद्युत संगकाे समन्वयमा लिएको हाे ? भन्ने प्रश्नमा शाह भन्छन्: `होइन गलत कुरा हो, त्यसमा सत्यता छैन तर महसुल बक्यौता नतिरेपछि लाइन काटेका हौं।´ उनले भने।

विशेषगरी आलु र स्याउकाे पकेट क्षेत्र मानिने यस क्षेत्रमा आलु, स्याउ, र पछिल्लो समय विस्तारित किवी व्यवसायी गरेका कृषकहरुले आफ्नो उत्पादनलाई भण्डारण गरि राख्नका लागि प्रदेश सरकारकाे सहयोगमा निर्माण भएको हाे।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार